नाडा अटो–शोमा अत्याधुनिक फोर्स अरबानीया लञ्च हुँदै

नाडा अटो–शोमा अत्याधुनिक फोर्स अरबानीया लञ्च हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो–शोमा अरबानीया माइक्रो बस लञ्च गर्ने भएको छ ।

अरबानीय माइक्रो बस भारतमा अत्याधिक रुचाइएको गाडी मध्येमा पर्छ ।

नेपालमा आयातीत माइक्रोबसहरु मध्ये सबैभन्दा उत्कृष्ट सुविधा आरबानीयामा रहेको आयाम इन्टरकन्टिनेटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो माइक्रो बस कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको बताइएको छ ।

पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु, कुटनीतिक निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरुका लागी यो माइक्रो बस उपयुक्त हुने कम्पनीले बताएको छ ।

यो माइक्रोबस विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको बताइएको छ ।

सुरक्षाका दृष्ट्रिकोणले सम्पूर्ण रेटिङ्गहरुमा यो गाडी अब्बल मानियको छ । ड्युल एअर ब्याग यूक्त यस गाडीमा एरोडाइनामीक क्रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन, स्टाइलीस डिआरएल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल एसी सिस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागी चार्जीङ्ग पोर्टको ब्यबस्था जस्ता सुविधा रहेको कम्पनीले बताएको छ ।

स्लाइडिङ्ग डोर सहितको तीन ढोका युक्त यो गाडीमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन् ।

Recent Comments

No comments to show.