भारतीय बजारमा लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, के-के छन् विशेषता?

भारतीय बजारमा लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, के-के छन् विशेषता?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय बजारमा होन्डाको कम्प्याक्ट एसयूभी होन्डा एलिभेट लन्च भएकाे छ। हुन्डाई क्रेटा, मारुती सुजुकी ग्रान्ड भिटारा र किया सेल्टोस जस्ता कारसँग यसले प्रतिस्पर्धा गर्नेछ। एलिभेट एसयूभी ४ भेरिएन्ट एसभी, भी, भीएक्स र जेडएक्समा उपलब्ध छ।

एलिभेटमा मा १.५ लिटर भीटेक पेट्रोल इन्जिन जडान गरिएको छ,जसले अधिकतम १२१ बीएचपी पावर र १४५.१ एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन ६ स्पिड म्यानुअल गियरबक्स र सीभीटी गियरबक्समा जोडिएको छ एलिभेट एसयूभीको म्यानुअल भेरिएन्टले १५.३१ किमी/लिटर माइलेज दिने होन्डाले जनाएको छ। 

एलिभेट एसयूभी बक्सी फ्रन्ट प्रोफाइलको साथ उपलब्ध छ।यसमा ब्ल्याक रेडिएटर ग्रिल, एलईडी हेडलाइट, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेललाइट, ब्ल्याक फग ल्याम्प हाउसिङ्स र ह्विल आर्च हाउसिङ स्पोर्टी १७ इन्च अलोय ह्विलको । एसयूभीमा २२० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ।

एलिभेटको बुकिङ उत्साहजनक रहेको कम्पनीले जानकारी दिएको छ।  यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ,साथै ७ इन्चको एचडी कलर टीएफटी ड्राइभर डिस्प्ले र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता धेरै फिचर पनि उपलब्ध छ ।

Recent Comments

No comments to show.