काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ४ सय रूपैयाँले घटेकाे छ।
बुधबार १ लाख १२ हजार ४ सय रूपैयाँमा काराेवार भएकाे सुन बिहीबार १ लाख १२ हजार रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ। बुधबार १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा काराेवार भएकाे तेजावी सुन आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।
यता, चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १० रुपैयाँमा काराेवार भइरहेकाे छ।
प्रतिक्रिया