सन्दीपविरुद्धको मुद्दाको आजका लागि पेसी

सन्दीपविरुद्धको मुद्दाको आजका लागि पेसी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज पेसी तोकिएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको हो ।

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि पेसी तोकेको हो ।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन ।

Recent Comments

No comments to show.