एमालेलाई सरकारमा सहभागी हुन हतार छैन् : ईश्वर पोखरेल

एमालेलाई सरकारमा सहभागी हुन हतार छैन् : ईश्वर पोखरेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताएका छन ।

प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘वर्तमान सरकारमा सहभागी हुने मनसाय पार्टीको छैन । सरकारलाई ढाल्ने प्रयासमा लाग्नुभन्दा पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरेर संगठन निर्माणमा केन्द्रित हुन व्यस्त छौँ ।’

उनले ‘समृद्ध नेपालः सुखी नेपाली’को आकांक्षा एमालेले मात्रै पूरा गर्नसक्ने जनाउँदै विचार र ‘एजेण्डा’ बिनाका दलहरुबीच निर्वाचनमा गठबन्धन नहुने टिप्पणी गरे ।

पार्टीलाई बलियो बनाउन जबजको विकास तथा दशौँ महाधिवेशनको कार्यदिशा र कार्यभार अनुसार पार्टीको नेतृत्वतहदेखि तल्लो तहसम्मनै विधिबाट निर्देशित हुने भएकाले पार्टीमा कुनै वैमनश्यता नरहेको उनले दाबी गरे । 

Recent Comments

No comments to show.