माओवादी सांसदको माग- ‘राई, लिम्बूको संस्कृति नै गाईगोरुको हड्डी चढाउने हो, काटेर मासु खान पाउनुपर्छ’

माओवादी सांसदको माग- ‘राई, लिम्बूको संस्कृति नै गाईगोरुको हड्डी चढाउने हो, काटेर मासु खान पाउनुपर्छ’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले गाईगोरुको वध गर्न कानुनमै व्यवस्थामा गर्न माग गरेकी छन्। 

आज मंगलबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आफ्नो संस्कृतिअनुसारको पर्व मनाउन गाईगोरु वध गर्न पाउनुपर्ने कानुनी व्यवस्थाको माग गरेकी हुन्।

उनले राई लिम्बूको संस्कृतिअनुसार गोरुको हड्डी भगवानलाई चढाउनै पर्ने परम्परा रहेको पनि उनले दाबी गरिन्। सांसद राईले संविधानमा धर्म निरपेक्ष राष्ट्र उल्लेख भए पनि व्यवहारिक र कानुनी रुपमा त्यस्तो नभएको गुनासो गरिन्।

राई लिम्बूले आफ्नो संस्कृति संरक्षण गर्न पनि गाईगोरु वध गर्न पाउने कानुन आवश्यक रहेको उनको भनाइ छ। उनले गाई राष्ट्रिय जनावर हुन नसक्ने पनि बताइन्। देशको, राज्यको कुनै धर्म नहुने उनको भनाइ छ। उनले राष्ट्रिय जनावर परिवर्तन गरेर सबै जनताको सम्मान गर्नुपर्ने अडान राखिन्।

केही दिनअघि सुनसरीको धरानमा गोरु काटेको विषयमा ठूलो विवाद भएको थियो। विवाद अहिले पनि जारी छ। विभिन्न धर्म मान्ने समूहहरूले धरानमा प्रदर्शन पनि गरेका थिए। प्रदर्शनकै कारण हिंसात्मक घटना हुन सक्ने आँकलन गरी प्रशासनले निषेधाज्ञासमेत जारी गरेको थियो।

Recent Comments

No comments to show.