रोमाञ्चक जितसहित श्रीलंका सुपर फोरमा, अफगानिस्तान बाहिरियो

रोमाञ्चक जितसहित श्रीलंका सुपर फोरमा, अफगानिस्तान बाहिरियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कपको अन्तिम लिग प्रतिस्पर्धामा २ रनले जित निकाल्दै एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ।

मंगलबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा श्रीलंकाले टस जित्दै ब्याटिङ गरेर ८ विकेटको क्षतिमा २९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३७.४ ओभरमा २८९ रन बनाएर अलआउट भयो।  

अफगानिस्तानलाई सुपर फोरमा पुग्नका लागि ३७.१ ओभरमा लक्ष्य पूरा गर्नुपर्ने थियो। तर अफगानिस्तानले लक्ष्य भेटाउन सकेन। अफगानिस्तानका लागि मोहम्मद नाबीले आक्रमक ब्याटिङ गर्दै ३२ बलमा ६ चौका र ५ छक्कासहित ६५ रन बनाए पनि त्यो पर्याप्त भएन । यस्तै कप्तान हश्मातुल्लाह शाहिदीले ६६ बलमा ३ चौका र १ छक्कासहित ५९ रन जोडे ।

रासिद खानले १६ बलमा ४ चौका र १ छक्कासहित अविजित २७ रन बनाए । अन्तिमसम्म क्रिजमा रहेका रासिद अर्को छेउबाट विकेट गइरहँदा निराश बनेका थिए ।

श्रीलंकाका कसुन रजिथाले ४ तथा दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले २/२ विकेट लिए । समूह ‘बी’बाट श्रीलंकासँगै बंगलादेश पनि सुपर फोरमा प्रवेश गरिसकेको छ। यता समूह ‘ए’बाट भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गरेका छन्। 

एसिया कपमा सहभागी ६ टिममध्ये समूह चरणबाट नेपाल र अफगानिस्तान बाहिरिएका छन्।  

Recent Comments

No comments to show.