एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल, भारतसँग १० विकेटले पराजित

एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाल, भारतसँग १० विकेटले पराजित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतसँग १० विकेटले पराजित हुँदै नेपाल एसिया कप क्रिकेटबाट बाहिरिएको छ ।  भारतले २०. १ ओभरमा विकेट नगुमाई  लक्ष्य पुरा गरेको हो ।   

यो नतिजासँगै भारत र पाकिस्तान सुपर फोरमा पुगेका छन् । नेपाल भने एसिया कप क्रिकेटको समूह चरणबाटै घर फर्केको छ । 

भारतले २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो। वर्षाका कारण डकवर्क लुइस नियमका आधारमा भारतले नयाँ लक्ष्य पाएको हो। 

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोडेको थियो।

Recent Comments

No comments to show.