पिउने पानीको जारमा समस्यै समस्या, साहुलाई सोध्नुपर्छ भन्दै पन्छिन्छन् कामदार

पिउने पानीको जारमा समस्यै समस्या, साहुलाई सोध्नुपर्छ भन्दै पन्छिन्छन् कामदार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले पिउने पानीको गुणस्तर अनुगमन थालेको छ। ‘शुद्ध पिउने पानी’ भनेर जारमा राखेर बिक्री हुने पानीको सन्दर्भमा विभिन्न गुनासाहरु आएपछि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमन थालेको हो। 

पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले पानी भर्न प्रयोग गर्ने जार कुच्चिएको, चुहिने, फोहोर, लेबल नभएको पाइएपछि कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन थालिएको महानगरपालिकाले जनाएको छ। अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा पानीको गुणस्तरमा समस्या नै समस्या देखिएको कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा अवधेश झाले जानकारी दिए। 

पानी बोकेर आउने ११ वटा ट्रिपर रोकेर पानी र जारको अवस्था हेरिएकोमा एउटै मात्र कम्पनीका जार कुनैमा पनि नभेटिएको झाले बताए। भएकामध्ये आधामा लेवल राखिएको र आधामा राखिएको नपाइएको उनले बताए। 

‘कुच्चिएर, चुहिने, फुटेका जार सराबरी थिए। पानीको बिल र चलानी कसैसँग पनि थिएन। सवारी साधनमा भएका चालक तथा सहयोगीसँग समस्याका विषयमा जानकारी माग्दा आफूहरुलाई थाहा नभएको र साहुलाई सोध्नुपर्ने भन्ने जवाफ दिए,’ झाले भने। 

समस्या देखिएकामध्ये १५ वटा खाली, १६ वटा भरिएका, लेवल बिनाको एउटा गरेर ३२ वटा जार जफत गरिएको झाले जानकारी दिए।

Recent Comments

No comments to show.