सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ ।  धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरेको हो । 

 मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। 

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

यो आईपीओमा १४ लाख ६६ हजार ८६२ आवेदकबाट कुल १ करोड ६४ लाख ६३ हजार ५८० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख ६० हजार ६१ आवेदकबाट परेको १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सेयर सदर भएको छ भने बाँकी ६ हजार ८०१ आवेदकबाट माग भएको १ लाख ५ हजार ३७० कित्ता सेयर बदर भएको छ। 

कम्पनीको आइपीओको रिजल्ट  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् । यसैगरी, विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ ।

Recent Comments

No comments to show.