क्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन

क्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ ।

समितिले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष तिथि घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन पर्न गएको जनाएको हो ।

बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण सोहीदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समेत समितिले आग्रह गरेको छ ।

समितिका अनुसार बुधबार ११ः२८ घडी अर्थात् १०ः१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चांगमा उल्लेख छ ।

बिहीबार ५ः१८ घडी मात्रै पूर्णिमा रहेको जनाएको छ । सोहीकारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका छन् ।

उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ ।

Recent Comments

No comments to show.