एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै

एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आजवाट सुरु हुँदैछ। धनगढी नगरपालिका-१४ सिरहास्थित चौथौ महाधिवेसन स्थलमा सचिवालय बैठक बस्न लागेको हो। गत भदौ ९ बाट सुरु हुने भनिए पनि मौसमका कारण स्थगित भएको सचिवालय बैठक आजबाट सुरु हुन लागेको हो ।

‘भौगलिक विकटता र मौसमका कारण गत ९ गते हुने भनिएको बैठक सम्भवः नभए पनि १३ गतेबाट सचिवालय बैठक सुरु हुनेछ,’ एमालेका उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले भने। उनका अनुसार बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरुलगायत पदाधिकारी, लेखा र अनुसाशन विभागका प्रमुखहरु पनि सो बैठकमा सहभागी हुन पुग्दैछन्।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दाेलनकाे ऐतिहासिक स्थल” मानेकाले सिरहालाई बैठक स्थल चयन गरिएको भट्टराईले जानकारी दिए। ‘तत्कालिन नेकपा एमालेको चौथो महाधिवेसन भएको स्थलमा मात्रै होइन,यही स्थलमा भएको महाधिवेसनबाट जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन हुनु भएकाे थियो,’ भट्टराईले भने, ‘सोही महाधिवेसनले जनताको बहुदलीय जनवादको दिशामा पार्टीलाई लैजाने निर्णय गर्नुका साथै पञ्चायतविरुद्ध बाममोर्चा निमार्ण गरेर काँग्रेससहित जनआन्दोलन गर्ने नीति पनि यहीबाट पारित गरेकाले यस स्थलको ऐतिहासिक महत्व रहेको छ।’

उनका अनुसार उक्त महाधिवेसनमा ९५ जना प्रतिनिधि सहभागी थिए भने महासचिवमा भण्डारीलाई चयन गर्दै २० सदस्यीय केन्द्रिय कमिटी निमार्ण गरेको थियो।    

Recent Comments

No comments to show.