समाजवादी मोर्चाले एमसीसीलाई स्वीकार्दैन : विप्लव

समाजवादी मोर्चाले एमसीसीलाई स्वीकार्दैन : विप्लव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम (विप्लव)ले विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको आवश्यकताले मोर्चा गठन भएको स्पष्ट पारेका छन् । 

समाजवादी मोर्चाले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले समाजवादी मोर्चा कुनै व्यक्तिगत चाहनाबाट नभएर वर्तमानको आवश्यकताले गठन भएको बताएका हुन् ।  “राजनीतिक उपलब्धि धेरै भए, पुँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा चाहेका उपलब्धि भएनन्”, उनले भने, “अब एक्लै हिँडेर त्यो उपलब्धि हुनसक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो ।” 

महासचिव विप्लवले देशलाई साम्राज्यवादको चङ्गुलबाट मुक्त गराउन मोर्चा गठन भएको बताउँदै भने, “हामीलाई सरकारमा जाने लोभ छैन । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने हो ।”

उनले एमसीसी परियोजना कार्यान्वयनमा नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न नदिने बताए । “नेपाललाई निःस्वार्थ सहयोग गर्न चाहने कसैको पनि हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिँदैन”, उनले भने, “समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।”

Recent Comments

No comments to show.