चालु पूँजी कर्जामा अब १० प्रतिशतसम्म बक्यौता राख्न पाइने

चालु पूँजी कर्जामा अब १० प्रतिशतसम्म बक्यौता राख्न पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु पूँजी प्रकृत्तिको कर्जामा अब १० प्रतिशतसम्म बक्यौता राख्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार ‘चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९’ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार अब चालु पूँजी कर्जाको तेस्रो वर्षपछि १० प्रतिशतसम्म बक्यौता राख्न मिल्ने व्यवस्था गरिएको छ । यसअघि तेस्रो वर्षपछि ७ दिनसम्म लगातार शून्यमा झार्नुपर्ने व्यवस्था थियो ।

‘चालू पुँजी कर्जाका विभिन्न खाताहरूमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको १० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्दछ,’ राष्ट्र बैंकको संशोधित व्यवस्थामा भनिएको छ ।

यसैगरी, पहिलो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको ३० प्रतिशतभन्दा कम र दोस्रो वर्षको लागि ऋणीले लगातार ७ दिन कुल कर्जा सीमाको २० प्रतिशतभन्दा कम बक्यौता राख्न सक्नेछन् ।

चालु पूँजी कर्जा मार्गदर्शनका कारण आफूहरुलाई अफ्ठेरो बनाएको भन्दै व्यवसायीले लामो समयदेखि संशोधन गर्न माग गर्दै आएका थिए । व्यवसायीको त्यही माग सम्बोधन गर्न राष्ट्र बैंक केही लचक भएको हो ।

Recent Comments

No comments to show.