पत्रकार राजेश्वर नेपालीको निधन

पत्रकार राजेश्वर नेपालीको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ।

सोमबार बेलुकी ८ : १० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा उनको निधन भएको छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए।

लामो समयदेखि बबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित नेपालीलाई यसअघि भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। नेपाली गत असोज १२ गतेदेखि ओछ्यान परेका थिए। 

जनकपुरधाममा २००२ भदौ १९ गते मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गरेका थिए।

नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिता थालेका थिए।  नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायक पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरुआत गरेको बताइन्छ। उनले २०१५ सालमा जानकी नौवमी कवितामार्फत्साहित्य लेखन पनि शुरु गरेका थिए।

उनले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आवाज उठाउँदै आएका थिए। विभिन्न आन्दोलनमा प्रहरीको लाठीचार्जका कारण उनको मेरुदण्डको हाडसमेत भाँचिएको थियो।

Recent Comments

No comments to show.