विद्युत नियमन आयोगद्वारा ‘इलेक्ट्रिसिटी ग्रिड कोड’ जारी

विद्युत नियमन आयोगद्वारा ‘इलेक्ट्रिसिटी ग्रिड कोड’ जारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विद्युत नियमन आयोगले ‘नेपाल इलेक्ट्रिसिटी ग्रिड कोड,२०८०’ जारी गरी लागु गरेको छ । आयोगले सरोकारवालासँगको छलफल तथा परामर्श एवं राय, सुझाव र प्रतिक्रिया लिई तयार गरिएको इलेक्ट्रिसिटी ग्रिड कोड जारी गरी लागु गरेको हो ।

आयोगका अनुसार इलेक्ट्रिसिटी ग्रिड कोडले अन्तरदेशीय विद्युत प्रसारण तथा वितरण प्रणालीमा आबद्ध ग्रिड र ग्रिड कोड कार्यान्वयन गर्न दफा २.३, २.१ अनुसार ग्रिड कोड व्यवस्थापन समिति गठन गरेको छ । सदस्य गौतम डंगोलको संयोजकत्वमा समिति गठन गरी अध्यक्ष, सदस्य सचिव र सदस्यहरू नियुक्तिका लागि कार्यभार तोकिएको आयोगले जनाएको छ ।

विद्युत प्रसारण तथा वितरणमा ग्रिड कोड महत्त्वपूर्ण हुने हुँदा लामो गृहकार्यपछि यो तयार भई लागु भएको आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले बताए । उनका अनुसार ग्रिड कोड तयार गर्नका लागि विभिन्न सरोकारवाला, विषय विज्ञ, सेवा प्रदायक संस्थाहरूसँग पटक पटक छलफल गरी राय सुझाव लिइएको थियो ।

‘विद्युत प्रसारणको काम इलेक्ट्रिसिटी ग्रिड कोड उचित व्यवस्थापनबाट मात्रै राम्रो र गुणस्तरीय हुने गर्दछ,’ उनले भने, ‘यसको पालनाबाट नै विद्युतगृहले उत्पादन गरेको विद्युत सुरक्षितरूपमा उपभोक्ताको घरसम्म पुर्याउन सकिन्छ ।’

उनले इलेक्ट्रिसिटी ग्रिड कोड देशभित्र बढ्दो विद्युत उत्पादन दक्षिण एसियाली मुलुकहरूमा निर्यात गर्नका अझै महत्त्वपूर्ण हुने पनि बताए ।

इलेक्ट्रिसिटी ग्रिड कोडको उचित व्यवस्थापनबाट मात्रै विद्युत प्रसारण तथा वितरण प्रणालीमा भोल्टेज कम तथा बढी हुने समस्याका कारण निम्तने विद्युतीय दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ छ । 

हालै लागू भएको विद्युतीय ग्रिड संहिताले विद्युतीय प्रवाह सम्बन्धी न्यूनतम आवश्यक मापदण्ड परिपूर्ति गर्न, विद्युतीय ग्रिडको सन्तुलन कायम राख्न र सीमा भित्र र सीमा बाहिर विद्युतीय प्रवाह व्यवस्थापन गर्न आवश्यक दिशा निर्देश गर्दछ । यसले प्रसारण प्रणालीको योजना सञ्चालन र व्यवस्थापनका लागि निष्पक्ष र प्रभावकारी ढंगले काम गर्दछ ।

अन्तरदेशीय विद्युत व्यापार र क्षेत्रीय अन्तरसम्बन्धको बढ्दो सम्भावनाका साथै राष्ट्रिय र क्षेत्रीय ग्रिड प्रयोगकर्ताहरुको प्रवेश र सञ्चालनलाई नियमन गर्न यस संहिताको अझ वढि महत्व छ । यो नेपालको ग्रिड प्रणालीको जडान, संचालन, मर्मत सम्भार र विकासका लागि दिशा निर्देश, प्रकृया, जिम्मेवारी मापदण्ड र दायित्वहरु स्थापित गर्ने विस्तृत दस्तावेज हो ।

ग्रिडको स्वमित्व रहेको संस्था, प्रणाली संचालक, ग्रिड प्रयोगकर्ताहरुको बीचको सीमा निर्धारण गर्न र प्रसारण प्रणाली प्रयोग गर्ने सुविधाहरुको सञ्चालनको लागि कार्यविधिहरु स्थापना गर्न ग्रिड संहिताको विकास गरिएको छ । 

यसले ग्रिड प्रणालीको विकास एवम् सुरक्षाको लागि आधारभूत नियम र मापदण्डहरु तोकेको छ। जुन सार्वजनिक र वातावरण सुरक्षाको लागि अत्यावश्यक छ ।आयोग विद्युत क्षेत्रको नियमन गर्ने सरकारी निकाय हो ।

Recent Comments

No comments to show.