गाडी भाडा बढ्यो, लामो दूरीका यातायातमा कहाँ जान कति लाग्छ ? (भाडादरसहित)

गाडी भाडा बढ्यो, लामो दूरीका यातायातमा कहाँ जान कति लाग्छ ? (भाडादरसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेशमा सञ्चालन हुने सवारी साधनको भाडादर वृद्धि भएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज (भदौ ७ गते) देखि नै लागु हुने बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार अब ५ किलोमिटरसम्मको १८ रुपैयाँबाट वृद्धि भएर १९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, १० किलोमिटरको २४ रुपैयाँबाट वृद्धि भएर २६ रुपैयाँ , १५ किलोमिटरसम्मको २९ बाट वृद्धि भएर ३१ रुपैयाँ नयाँ भाडा दर तोकिएको छ ।

२० किलोमिटरसम्मको ३२ बाट वृद्धि भएर ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँबाट बढाएर ४० रुपैयाँ नयाँ भाडादर तोकिएको छ ।

बागमती प्रदेशमा सञ्चालनमा रहेका ट्याक्सिहरुको भाडादर पनि कायम गरिएको छ । जहाँ फ्याग डाउनको ५२ रुपैयाँ कायम गरेको छ । अब ट्याक्सिहरुको २०० मिटरको भाडादर १० रुपैयाँबाट १० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

अब पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा माथि थप घटभएपछि मूल्य समायोजन हुने छ ।

Recent Comments

No comments to show.