बाराको चुरियामाईमा बस दुर्घटना, ६ तीर्थयात्रुको मृत्यु

बाराको चुरियामाईमा बस दुर्घटना, ६ तीर्थयात्रुको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा ।  जितपुर सिमरा उपमहानगरपालिका–२२​ चुरियामाई नजिक भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। 

बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। मृत्यु हुनेको सनाखत हुन सकेको छैन । 

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ३००१ ख ७९९४ नम्बरको बस राति २ बजेतिर चुरियामाई अगाडि दुर्घटना भएको हो।

घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Recent Comments

No comments to show.