चन्द्रयान- ३ काे सफल अवतरणमा प्रधानमन्त्री प्रचण्डले भारतलाई दिए बधाई

चन्द्रयान- ३ काे सफल अवतरणमा प्रधानमन्त्री प्रचण्डले भारतलाई दिए बधाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं । चन्द्रमाको सतहमा चन्द्रयान– ३ सफल अवतरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बधाई दिएका छन् । 

भारतको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले  गत २९ असारमा प्रक्षेपण गरेको चन्द्रयान– ३ बुधबार साँझ सवा ६ बजे चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण भएको हो । 

प्रधानमन्त्री प्रचण्डले यस मिसनको सफलताका लागि भारतीय समकक्षी नरेन्द्र मोदीलगायत मिसनमा संलग्न वैज्ञानिक र भारतवासीलाई बधाई दिएका छन् । 

‘मित्रराष्ट्र भारतले ‘चन्द्रयान– ३’ नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु । मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले बधाई सन्देशमा भनेका छन्, ‘यसले संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ । यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।’

Recent Comments

No comments to show.