सुन तस्करसँग प्रहरीकै पूर्वअधिकारीदेखि पत्रकारसम्म संलग्न छन् : लामिछाने

सुन तस्करसँग प्रहरीकै पूर्वअधिकारीदेखि पत्रकारसम्म संलग्न छन् : लामिछाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा सरकारकै उच्च अधिकारीदेखि पत्रकार समेत संलग्न भएको सूचना आफूले पाएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बोल्दै उनले सरकारले सीआईबीलाई दोषीलाई छुटाउन दबाब दिनसक्ने आशंका व्यक्त गरे ।

साउन २ गते पक्राउ परेको तस्करीको सुनबारे नेपाल सरकारका बहालवाला महानिर्देशकले नै अहिले सोही आरोपमा पक्राउ परेका दावा छिरिङ लामालाई दिएको दाबी गरेका छन्। सुन आएको तस्बिर नै महानिर्देशकले लामालाई पठाएको सूचना आफूसँग रहेको लामिछानेको भनाइ छ।

‘सुन आएको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुको पनि संलग्नता छ। पूर्व प्रहरी अधिकारीसँग पनि दावाको कुरा भएको सूचना छ,’ उनले भने।

उनले हाल सुन तस्करीमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको नाम लिँदै उनले आफूलाई उच्च तहको संलग्नताबारे प्रहरीबाटै सूचना आएको बताए।

‘तस्करीको सुन आएको कुराको जानकारी अहिले पक्राउ परेका दावा (दावा छिरिङ )नामका व्यक्तिलाई फोटो पनि पठाएको इमान्दार देशभक्त प्रहरीले मलाई विश्वास गरेर सूचना दिएका छन्’, उनले भने, ‘यो प्रकरणमा जोडिएका विचौलियाको पनि मकहाँ विवरण आएको छ। यसबारे मैले सम्बन्धित सरकारी निकायलाई जानकारी दिनेछु।’

लामिछानेले सुन तस्करी प्रकरणको समाचार लुकाउन लामो समयदेखि पत्रकारिता गरेका मान्छे पनि संलग्न रहेको जिकिर गरे। ‘सुन तस्करीमा उच्च तहका नेतादेखि पत्रकारसमेत जोडिएका छन्’, उनले भने, ‘प्रहरीका पूर्व प्रमुखको दावासँग कुराकानी भएको भएको सूचा आएको छ। यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको ध्यान जाओस्।’

लामिछानेले अहिले पक्राउ परेका दावा छिरिङसँग सुन तस्करीका लागि भएको कुराकानीको टेलिफोन रेकर्ड हेर्न पनि सरकारलाई आग्रह गरेका छन्।

Recent Comments

No comments to show.