प्रदीप गिरी बिपीपछिकै ठूलो समाजवादी चिन्तक : सभापति देउवा

प्रदीप गिरी बिपीपछिकै ठूलो समाजवादी चिन्तक : सभापति देउवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोइरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले समाजवादी चिन्तकको रुपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताए। सभापति देउवाले स्व. गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए। उनले स्व. गिरीका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने बताए।

उनले भने, ‘समाजवादी चिन्तकको रुपमा बिपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ। उहाँ धेरै ठूलो विद्वान हो, बिपी पछिको ठूलो समाजवादी चिन्तक हो। उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ। उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको छु। उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ। त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ।’

सभापति देउवाले स्व.प्रदीप गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए।  

Recent Comments

No comments to show.