शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुखको साढे चार महिनामै सरुवा

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुखको साढे चार महिनामै सरुवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख श्यामलाल ज्ञवालीलाई साढे चार महिनामै हटाएको छ ।  ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु हुन लागेका बेला ज्ञवालीको सरुवा भएको हो । उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दीपक थापाको सरुवा भएको छ ।

देउवाले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई पनि हटाउन दबाब दिएको स्रोतको दाबी छ ।

Recent Comments

No comments to show.