त्रिशूलीमा हामफाल्न पुलमा झुण्डिएका व्यक्तिको उद्धार

त्रिशूलीमा हामफाल्न पुलमा झुण्डिएका व्यक्तिको उद्धार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  शनिबार बिहान चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुण्डिएका धादिङको नीलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय कृष्ण परियारको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । 

उनी पुलबाट त्रिशूलीमा हामफाल्नका लागि झुण्डिएको सूचना प्रहरीले पाएको थियो ।  त्यसपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ११ जनाको टोलीले ‘रोप रेस्क्यु’ विधिबाट परियारको उद्धार गरेको थियो । 

उपचारका लागि उनलाई मुग्लिन हाइवे अस्पतालमा पठाइएको   प्रहरीले जनाएको छ ।

Recent Comments

No comments to show.