मूल्यवृद्धि नियन्त्रण भन्दा बाहिर

मूल्यवृद्धि नियन्त्रण भन्दा बाहिर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको एक वर्षको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । एक वर्षमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृति १०.१८ प्रतिशत, स्वास्थ्य १०.०१ प्रतिशत, शिक्षा ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूको ८.६५ प्रतिशत छ।

२०८० असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। २०७९ असार महिनामा यस्तो मुद्रास्फीति शून्य प्रतिशत रहेको थियो।

२०८० असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत रहेको थियो।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति

आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ५.७३ प्रतिशत, ६.४१ प्रतिशत, ६.८७ प्रतिशत र ६.०७ प्रतिशत रहेको थियो।

२०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.७० प्रतिशत, तराईमा ७.४८ प्रतिशत, पहाडमा ६.९८ प्रतिशत र हिमालमा ८.१९ प्रतिशत रहेको छ ।

२०७९ असार महिनामा उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ७.३८ प्रतिशत, ८.३२ प्रतिशत, ८.४१ प्रतिशत र ८.८४ प्रतिशत रहेको थियो।

Recent Comments

No comments to show.