चितवन टिकौलीको जंगलमा ८ सवारीसाधन एक-आपसमा ठोक्किए

चितवन टिकौलीको जंगलमा ८ सवारीसाधन एक-आपसमा ठोक्किए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । पूर्वपश्चिम राजमार्गको चितवन खण्डमा पर्ने भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा बुधबार ठूलो सवारी दुर्घटना भएको छ । बिहान पौने १२ बजे एउटा स्कुल बसले विपरित दिसाबाट आएको आठ वटा सवारी साधनलाई ठक्कर दिएको हो । दुर्घटनामा परेर २० जना घाइते भएका छन् । घाइते मध्ये सात जनाको अवस्था गम्भीर छ । 

भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरित दिशाबाट आएको दाहसंस्कारका लागि लाश बोकेर देवघाटतर्फ लैजाँदै गरेको  ना २ च ८४४६ नं.को बलेरोलाई ठक्कर दिएको थियो । 

त्यसैगरी बागमती प्रदेश ०६–००१प ९९८१, बागमती प्रदेश ०३–००५प ९७, ना६२ प ६०३२, बागमती प्रदेश ०३–००१प ४१४७  मोटरसाइकलहरू, बागमती प्रदेश ०६–००१प २२९४ र बागमती प्रदेश ०३–००२प ४१९८ नं.को स्कुटरलाई बसले ठक्कर दिएको थियो । 

तीव्र गतिमा रहेको बसले लगातार सवारी साधनहरूलाई ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । बसको ठक्करबाट घाइते भएकालाई भरतपुरका बिभिन्न अस्पतालमा उपचारार्थ पठाइएको चितवन प्रहरीले जनाएको छ । बस चालक नवलपुर जिल्ला गैंडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Recent Comments

No comments to show.