गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा

गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन ।

उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईंको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पारे ।

मुख्य मन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनुका साथै विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताए ।

उनले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गरे । पहिचानवादीसँग वार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी संवाद प्रारम्भ गरिने जानकारी दिँदै मुख्यमन्त्री थापाले वार्ताकै माध्यमबाट निस्केको निष्कर्षको परिणामलाई सार्थक बनाइने प्रष्ट पारे । 

Recent Comments

No comments to show.