जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले, यसअघि रोकिएका सम्पूर्ण जग्गासम्बन्धी काम फुकुवा गर्ने निर्णय गरेको यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । 

‘आजको मन्त्रिपरिषद् बैठकले, एउटा महत्वपूर्ण निर्णय गरेको छ । त्यो भनेको जग्गाको कित्ताकाट सम्बन्धी अहिलेसम्म रोकिएको कित्ताकाट नामसारी लगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ,’ उनले भने । 

गत वैशाखमा मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन। आजको बैठकले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निर्णय भएको हो । 

हाल भू उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ। स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ।

सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो।

Recent Comments

No comments to show.