कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली

कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि प्रनिनिधिसभा विघटन गरेको बताएका छन्।

पार्टी स्कुल विभाग, बागमती प्रदेश सङ्गठन कमिटीले मंगलबार आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन नगरेको भए देशको कम्युनिष्ट आन्दोलन समाप्त हुने थियो भने। 

“हामीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्‍यौँ त्यो विघटन ठीक थियो। नगरि नहुने थियो, त्यसैले गर्‍यौँ”, उनले भने, “यदि हामीले प्रतिनिधिसभा विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ ।”

उनले प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले सङ्गठन विस्तार र सुदृढ गरेर मजबुत एवं प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको बताए।

“हाम्रो सङ्गठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो, त्यस योजनालाई हामीले पूरा हुन दिएनौँ”, उनले भने।

प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक कदम, संवैधानिक कदम र संसदीय कदम रहेको उल्लेख गरे।

Recent Comments

No comments to show.