एमालेले असोजभित्र सबै प्रदेशको अधिवेशन गरिसक्ने

एमालेले असोजभित्र सबै प्रदेशको अधिवेशन गरिसक्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा एमालेले आगामी असोज मसान्तभित्र पार्टीका सबै प्रदेशको अधिवेशन गरिसक्ने भएको छ। बैठकले क्विन्टल सुन तस्करी काण्डको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायीक समिति गठन गर्नुपर्ने मागसमेत गरेको छ।  

एमालेको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको हो। 

बैठकले गरेको निर्णयअनुसार भदौ १६ र १७ गते लुम्बिनी प्रदेशको, असोज ५ र ६ गते मधेश प्रदेशको, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन तोकिएको छ।

कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते, कोशी प्रदेशको असोज १२ र १३ गते, गण्डकी प्रदेशको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते तोकिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

उनले असोज मसान्तभित्र सबै प्रदेशको अधिवेशन गरिसक्ने बताए। प्रदेश अधिवेशनका लागि प्रतिनिधि भने पालिकास्तरबाट चयन हुने र कम्तीमा एक तिहाइ युवा सहभागी गराउने योजना रहेको पनि उनले बताए।

Recent Comments

No comments to show.