मनकामना र चिरख्वा हाइड्रोपावरको आइपीओ खुल्यो,कसले दिन पाउँछन् आवेदन ?

मनकामना र चिरख्वा हाइड्रोपावरको आइपीओ खुल्यो,कसले दिन पाउँछन् आवेदन ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजदेखि दुई हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएका छन् ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधरणका लागि र चिरख्वा हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्रीमा ल्याएका हुन् ।

मनकामना हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ७६ लाख ६२ हजार रुपैयाँ बराबरको २२ लाख ७६ हजार ६२० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाइने छ । सो आइपीओमा लगानीकर्ताले साउन ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी(आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले हाल ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ।

यसैगरी, चिरख्वा हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त आइपीओमा भदौ १० गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ।

Recent Comments

No comments to show.