एनआइसी एशियाले ल्यायो ३ नयाँ कर्जा योजना, घर र सेयर किन्न १२ करोडसम्म दिने

एनआइसी एशियाले ल्यायो ३ नयाँ कर्जा योजना, घर र सेयर किन्न १२ करोडसम्म दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआइसी एशिया बैंकले तीन नयाँ कर्जा योजना ल्याएको छ । बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार अठोट घर कर्जा अन्तर्गत ग्राहकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने छ । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस घर कर्जा ग्राहकले आकर्षक तथा न्यूनतम ब्याजदरमा पाउने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत निजी आवासीय घर खरिद, अपार्टमेन्ट खरिद, घर निर्माण गर्न, घर मर्मत तथा तला थप्न र जग्गा खरिद गर्न कर्जा सुविधा पाउने छन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

यस्तै, बैंकले अठोट साना व्यवसाय कर्जा अन्तर्गत न्यूनतम २५ लाखदेखि अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध गराउने भएको छ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरुलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरुले सञ्चालित वा नयाँ व्यवसायहरुको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।

त्यसैगरी, बैंकले सेयर धितो कर्जा अन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोडसम्म ऋण दिने भएको छ । यो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) रहेको छ ।

एन आइसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

Recent Comments

No comments to show.