संसद् अवरुद्ध भएको दिनको तलव भत्ता फिर्ताको माग गर्दै सभामुखलाई रास्वपाको निवेदन

संसद् अवरुद्ध भएको दिनको तलव भत्ता फिर्ताको माग गर्दै सभामुखलाई रास्वपाको निवेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको बैठक नचलेको बेलामा कुनै पनि सेवासुविधा नलिने भएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएपछि रास्वपाका सभापति रवि लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेका हुन् । चाँडोभन्दा चाँडो सदन सुचारु गर्ने व्यवस्था मिलाउनसमेत उनले आग्रह गरेका छन् ।

‘उपरोक्त सम्बन्धमा प्रतिनिधि सभाको जारी अधिवेशनमा सरकारले अनुसन्धान गरिरहेको अबैध सुनकाण्डका सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानविन समितिको माग गरेर सदन अवरुद्ध गरिरहेको र सत्तापक्षले सो प्रकृयामा जान अस्वीकार गरी विगत लामो समयदेखि जनताको सार्वभौम सदन अवरुद्ध छ । जनताको सार्वभौम संसद यसरी अवरुद्ध भइरहँदा जनताका मुद्दा, दिनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको छ । तसर्थ, सम्माननीय सभामुख महोदयलाई हाम्रो पार्टी जारी अधिवेशन निर्यामत गर्न आवश्यक पर्ने पहलकदमी लिइदिनुहुन र सबै जिम्मेवार राजनीतिक पार्टीहरुलाई यसतर्फ सजग गराइदिनुहुन विनम्र अनुरोध गर्दछ ।’ रास्वपाले बुझाएको पत्रमा भनिएको छ, ‘पुनश्च: राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्मननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ । साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्दछ ।’ 

Recent Comments

No comments to show.