कांग्रेस संसदीय दलको बैठक आज

कांग्रेस संसदीय दलको बैठक आज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवन लोत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई अगाडि बढाउने, नयाँ विधेयक प्रस्तुत गर्ने लगायतबार छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार र पशुपक्षीमा लाग्ने लम्की रोगको उपचार,बारेमा सरकारको ध्यानाकर्षण गराउने प्रमुख सचेतक लेखकले बताए।

बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न बिहीबार दिउँसो कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बसेको थियो। 

Recent Comments

No comments to show.