कपन साततले क्षेत्रको विवाद समाधान,धोबी खोलामा डोजर चलाउन सुरु(तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं महानगरपालिका र बुढानिकलकण्ठ नगरपालिकाबीचको सीमा विवादबारे सहमति भएको छ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ तथा काठमाडौं महानगरपालिका वडा नम्बर ६ र ७ को सीमा एकिन गरी नापनक्सा गर्ने विषयमा सहमति भएको हो।

धोबीखोलादेखि साततल्लेसम्मको बुढानिकलकण्ठ नगरपालिका १० र काठमाडौं महानगरपालिका भागमा नापजाँच भई वाल लगाई सकिएको हुँदा उक्त भागको सतहमा रहेको पुरानो ७ नम्बर वडाको सीमा खहरे खोलामा राखिएको ह्यूम पाइप निकाल्नुका साथै आवागमन गर्ने स्थान १ धोबीखोला करिडोर, २ पाथीभरा बस्ती ३ समता टोल जाने बाटो ४ साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौं महानगरपालिकाले बेलिब्रिज निर्माण गर्ने सहमति भएको छ।

त्यसैगरी साततल्ले चोकदेखि माथि बुढानिलकण्ठ नगरपालिका १०, १२ र कामनपा ६ मा दुवैतर्फको नक्सा पुर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी महानगरको सीमाना र खहरे भाग रेखांकन गरी छुट्याउने सहमति भएको छ। सहमतिपश्चात काठमाडौं महानगरपालिकाले दुईवटा डोजर परिचालन धोबी खोला उत्खन्न गरिरहेको छ।

काठमाडौँ महानगरपालिका कुनै सल्लाह नै नगरी सो क्षेत्रमा बिहीबार डोजरसहित पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप नै भएको थियो । खोला आसपासका स्थानीयले आफ्ना भौतिक संरचनामा महानगरले एक्कासी डोजर चलाउन थालेपछि विरोध गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।