उपसचिव र शाखा अधिकृतसहित ३८ कर्मचारीको सरुवा, काे कहाँ पुगे ?

उपसचिव र शाखा अधिकृतसहित ३८ कर्मचारीको सरुवा, काे कहाँ पुगे ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप-सचिव र शाखाअधिकृत गरी ३८ जना कर्मचारीको सरुवा गरेको छ । 

मन्त्रालयले धेरैजसो संघीय मन्त्रालयहरुमा कार्यरत रहेका २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको हो । उनीहरु मध्ये धेरैजसोलाई मधेश प्रदेशमा पठाइएको छ । 

सरुवामा विवादित बनेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला पनि परेका छन् । उनी पछिल्लो समय एक महिलासँग सामाजिक सञ्जालमा अश्लील हर्कत गर्दै गरेको देखिएपछि विवादित थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

Recent Comments

No comments to show.