नौबिसे-नागढुंगा आकस्मिक सुरुङको ‘ब्रेक थ्रू’, डेढ वर्ष भित्र सञ्चालनमा आउने

नौबिसे-नागढुंगा आकस्मिक सुरुङको ‘ब्रेक थ्रू’, डेढ वर्ष भित्र सञ्चालनमा आउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल (उद्दार सुरुङ)को ‘ब्रेक थ्रु’ भएको छ। सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो ।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रेस्क्यू टनेलको ब्रेक थ्रु गरेका हुन् । २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको उक्त सुरुङमार्गको ३९ महिनापछि ब्रेक थ्रु भएको हो । यो सुरुङको लम्बाइ २.५५७ किलोमिटर रहेको छ ।

मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ । २.६ किमी लम्बाइ रहेको मुख्य सुरुङ अब ५०६ मिटर खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

नागढुंगा सुरुङमार्ग आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको प्रवक्ता कोइरालाले बताए । उनले फ्लाइओभर निर्माणको काम पनि भइरहेको बताए । हालसम्म फ्लाइओभरको ३ वटा फाउन्डेसन र २ वटा सबस्ट्रक्चर निर्माण भइसकेको छ ।

यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ । नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

Recent Comments

No comments to show.