पप्पु कन्स्ट्रक्सनसहित ठेक्का अलपत्र पार्ने २३ कम्पनी कालो सूचीमा

पप्पु कन्स्ट्रक्सनसहित ठेक्का अलपत्र पार्ने २३ कम्पनी कालो सूचीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले २३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले समयमा ठेक्का नसक्ने कम्पनीहरुलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखेको हो।

कार्यालयका अनुसार कालोसूचीमा पर्ने कम्पनीहरुमा पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, नतासा निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, समृद्धि निर्माण सेवा, नव निर्माण विल्डर्स रहेका छन् ।

त्यसैगरी, चेतना यूकेएन जेभी बिकेबी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, बुढाथोकी निर्माण सेवा, नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन, एकेएज कन्स्ट्रक्सन, के आर निर्माण सेवा, माबोहाङ निर्माण सेवा, अर्वन कन्स्ट्रक्सन, लामा बुद्ध निर्माण तथा सामाग्री सप्लायर्स लगायत कम्पनी रहेका छन् ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

Recent Comments

No comments to show.