लुम्बिनी । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिरनजिकै सोमबार बहिान जिपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु२च २८४९ नम्बरको जिप पहिरोमा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सडक हाल सञ्चालनमा नै रहेको छ ।
प्रतिक्रिया