सेयर बजारमा पहिरो, यी हुन धेरै मूल्य घट्ने कम्पनी

सेयर बजारमा पहिरो, यी हुन धेरै मूल्य घट्ने कम्पनी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साता १७ अंकले घटेको नेप्से आज एकैदिन ३८ अंकले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको आकर्षक वित्तीय विवरण सार्वजनिक गरे पनि लगानीकर्ता उत्साहित हुन नसक्दा नेप्सेको ओरालो यात्रा कायमै रहेको हो ।

आइतबार नेप्से परिसूचक ३८.२६ अंकले घटेर २०५१.४७ विन्दुमा आइपुगेको छ । यसदिन २६५ कम्पनीको २ अर्ब ६८ करोड रुपैयाँ बढीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । फाइनान्स र होटल समूहको परिसूचक साढे ३ प्रतिशतले घटेको छ ।

आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा आज प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् । त्यस्तै, अभियान लघुवित्त ८.०४, सर्पोट माइक्रोफाइनानस ७.१४, बेस्ट फाइनान्स र गणपति लघुवित्तको सेयर मूल्य साढे ६ प्रतिशतले घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजैदेखि कारोबारमा आएका आइएमई लाइफ र नागरिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Recent Comments

No comments to show.