नेपाल बैंकको खुद नाफा ३ अर्ब ४१ कराेड, प्रतिसेयर आम्दानी कति ?

नेपाल बैंकको खुद नाफा ३ अर्ब ४१ कराेड, प्रतिसेयर आम्दानी कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ।

अपरिष्कृत विवरण अनुसार बैंकको खुद नाफा अघिल्लाे वर्षकोभन्दा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ ।

अघिल्लो वर्षकाे साेही अवधिमा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद कमाएकाे थियाे । वित्तीय विवरणअनुसार अघिल्लाे वर्षकाे तुलनामा बैंकले १६.७० प्रतिशतले खुद नाफा बढाएकाे हाे ।

बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाे छ । बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.८३ प्रतिशत बढेको छ।

बैंकको कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१.१९ प्रतिशत बढेको तथ्यांकले देखाउँछ । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ।

विवरण अनुसार बैंकले प्रतिशेयर ६ रुपैयाँ ६२ पैसा नाफा वितरण गर्न सक्नेछ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ।

यसअवधिमा बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

Recent Comments

No comments to show.