पारदर्शिता सुनिश्चिता गर्न एकाउन्टिङ र अडिटिङको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा.महत

पारदर्शिता सुनिश्चिता गर्न एकाउन्टिङ र अडिटिङको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा.महत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एकाउन्टिङ र अडिटिङ सुशासनसँग जोडिएको बताएका छन् ।

नेपाल अडिटर्स एशोसिएसन (अडान)को १८औँ स्थापना दिवसमा बोल्दै मन्त्री डा. महतले पारदर्शिता सुनिश्चिता गर्न एकाउन्टिङ र अडिटिङको महत्वपूर्ण भूमिका रहने र रहिरहने बताए ।

त्यसकारण पनि यो पेशा र व्यवसायको विस्तार आवश्यक रहेको उल्लेख गर्दै डा.महतले भने, ‘हरेक क्षेत्रमा हिसाबकिताब चुस्त दुरुस्त राख्ने र हिसाब किताब चुस्त दुरुस्त छ कि छैन भनेर त्यसलाई हेर्ने जिम्मेवारी अडिटरहरुको हुन्छ ।’

उनले भने, ‘अर्थतन्त्रमा समस्या थियो, अझै केही समस्या छन् । त्यसको सम्पूर्ण समाधान मौद्रिक नीति मात्र होइन । मौद्रिक नीतिमा हामीले खुकुलोपन र सहजता खोजेका थियौं, केही सम्बोधन भएको छ, उद्योग व्यवसायी साथीहरुले खोजेजस्तो अवश्य भएको छैन’ अर्थमन्त्री डा। महतले भन्नुभयो, ‘वर्किङ क्यापिटलका बारेमा साथीहरुले चाँडै निर्देशिका ल्याउँछौं भन्नुभएको छ, त्यो आएपछि थप सहजता हुनेछ ।’

मन्त्री डा.महतले पूँजीगत खर्चमा हामीले बजेट धेरै राख्न सकेनौं, तर यसलाई हामीले सम्पूर्ण रूपले खर्च गर्न सकियो भने यसले अर्थतन्त्रमा तरलता बढाउँछ ।’

मौद्रिक नीति र वित्तीय नीतिमार्फत् अर्थतन्त्रमा तरलता बढाउने, लगानी वृद्धि गर्ने काममा सरकार क्रियाशील रहेको बताए ।

उनले भने, ‘कोभिडको समयमा लामो समय अर्थतन्त्र ठप्प भयो, त्यसको प्रभाव अहिले देखिरहेको छ । बन्दको असर एक किसिमको थियो, त्यो बेला थपिएको दायित्व अहिले प्रकट हुन थालेको छ ।’

Recent Comments

No comments to show.