शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर१ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम दिन सुरु भएको छ ।

जनभावना क्याम्पस चापागाउँमा बागमती गाउँपालिकाद्वारा आयोजित सो १० दिने तालिमको नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले शुभारम्भ गर्दै शैक्षिक उन्ननयका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याए ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले तालिमको प्रभावकारिता र पालिकामा रहेका ४६ विद्यालयको अवस्था, समस्या र अपेक्षाका लागि नियमित अनुगमन गर्ने तथा राम्रो गर्नेलाई पुरस्कृत गर्ने बताए ।

उनले यस चालु आर्थिक वर्षमा शिक्षकका लागि बागमती प्रदेश सरकारले ७६ लाख पाँच सय ७१ रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।तालिममा शिक्षण सिकाइ, व्यवस्थापन, समस्या, चुनौतीकाबारे सिकाइ हुने अपेक्षा राखिएको छ ।

Recent Comments

No comments to show.