ताप्लेजुङमा आँखा पाक्ने बिरामीको संख्या बढ्दै

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको संख्या बढ्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएको छ ।

विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ ।

आँखा उपचार केन्द्रका अनुसार गत मंगलबार उपचारका लागि आएका ३३  आँखाका बिरामीमध्ये १२ मा आँखा पाक्ने समस्या देखिएको छ ।

दैनिकजसो १२–१३ मा आँखा पाक्ने समस्या देखिने गरेको आँखा उपचार केन्द्रका ‘क्लिनिक इञ्चार्ज’काजी गुरुङले जानकारी दिए ।

आँखा पाक्ने रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीभित्रको भाग पोलेको र बिझाएको महसुस हुने तथा आँखा रातो र फुस्रो हुने जनाइएको छ ।

धेरै आँसु आउने, बिहान उठ्ने समयमा आँखाको ढकनी एकआपसमा टाँसिने, चिलाउने जस्ता समस्या देखिने स्वास्थ्यकर्मीले जनाएका छन् । 

आँखा पाक्ने समस्याबाट बच्न सरसफाइमा ध्यान दिने, धुलो धुवाँबाट टाढै रहन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै आँखामा समस्या आइहाले आँखा उपचार केन्द्रमा गई जाँच तथा उपचार गराईहाल्नसमेत  केन्द्रले आग्रह समेत गरेको छ । 

Recent Comments

No comments to show.