खानै नसकिने गरी महँगियो गोलभेडा

खानै नसकिने गरी महँगियो गोलभेडा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । केही दिनयता गोलभेडाको मूल्य अकाशिएको छ। एक सातामै झण्डै दोब्बरले मूल्य वृद्धि भएको छ।

स्थानीय उत्पादन कम भएकाले तरकारीको मूल्य बढेको कालिमाटी तकारी बजार समितिले जनाएको छ।

बिहीबार ठूलो गोलभेडा (नेपाली) को थोक मूल्य २४ रुपैयाँले बढेको छ। बुधबार प्रतिकिलो १४६ रुपैयाँ रहेको ठूलो गोलभेडा (नेपाली) को औसत मूल्य बिहीबार १७० रुपैयाँ पुगेको छ।

सानो गोलभेडा (टनेल) को मूल्य पनि बढेको छ। बिहीबार यसको औसत मूल्य प्रतिकिलो १०२.८० रुपैयाँ छ। जुन बुधबार ९४ रुपैयाँ थियो। थोकको तुलनामा खुद्रा बजारमा भने झनै महंगो रहेको छ ।

वर्षाले गर्दा किसानको बारीमा लगाइएको तरकारी उत्पादन कम भएकोले मूल्य अझै बढ्ने व्यापारीहरु बताउँछन् । मुख्यतः अहिले फलफूल तथा तरकारीको मूल्यवृद्धि हुनुमा मौसमनै कारक रहेको सरोकारवालाहरु बताउँछन् ।

तर बेलाबेलामा बढ्ने तरकारीको मूल्यले भने हरेक नेपालीको भान्साको मूल्य बढाइदिन्छ । तरकारीको मूल्य बढ्नुको प्रमुख कारण भनेकै आपूर्ति कम हुनु हो । जब तरकारीको आपूर्ति बढ्दै जान्छ, स्वतः तरकारीको मूल्य घट्दै जान्छ ।

नेपालमा तरकारी तथा फलफूल कम उत्पादन हुने भएकाले तरकारी छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

Recent Comments

No comments to show.