२०२० को चुनावी नतिजा उल्ट्याउन खोजेका ट्रम्पविरूद्ध ४ अभियोग

२०२० को चुनावी नतिजा उल्ट्याउन खोजेका ट्रम्पविरूद्ध ४ अभियोग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै अनुसन्धान हुने भएको छ।

ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र गरेको, साक्षीलाई प्रभावित पारेको, नागरिकको अधिकारविरुद्ध षडयन्त्र गरेकोसहित चार वटा आरोप लगाइएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यामका अनुसार संघीय अभियोजनकर्ताहरूले डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध अभियोग पत्र दर्ता गरेका छन्। अब ट्रम्प भोलि अदालतमा उपस्थित हुनुपर्नेछ।

अभियोग पत्रमा सन् २०२० को चुनाव आफूले जितेको भन्दै ट्रम्पले अफवाह फैलाएको र जसरी पनि सत्तामा बस्न उनले समर्थकहरूलाई हिंसामा उत्रिन उकासेको दाबी गरिएको छ। २०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका ट्रम्प सन् २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए।

तर, उनले चुनावमा धाँधली भएको र आफूलाई हराइएको भन्दै समर्थकलाई प्रदर्शनमा उतारेका थिए। फेरि राष्ट्रपति पदमा चुनाव लड्ने घोषणा गरेका ७७ वर्षीय ट्रम्पले भने आफूले कुनै पनि गल्ती नगरेको दाबी गर्दै आएका छन्।

अमेरिकाका कुनै पूर्वराष्ट्रपतिलाई चुनावी नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै आपराधिक अभियोग लगाएर अदालतमा मुद्दा परेको यो पहिलो पटक हो।

ट्रम्पविरूद्ध यसअघि पूर्वपोर्न स्टारसँगको सम्बन्धलाई लुकाउन उनलाई पैसा दिएको, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य दस्तावेज आफूसँग राखेकोलगायत विषयमा पनि अनुसन्धान भइरहेको छ।

Recent Comments

No comments to show.