दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक भिडियो सार्वजनिक

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक भिडियो सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले क्वार्टरमै एक महिलासँग अनैतिक गतिविधि गर्दै गरेको भिडियो सार्वजनिक भएको छ।

मदिराको नशामा लठ्ठ रहेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको हो।

भिडियोमा निरौला र महिला दुवै मदिराको नशामा लठ्ठ रहेको देखिन्छ।  भिडियोमा देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपालिकाका एक कर्मचारीले बताए ।

यसअघि झापामै सहायक प्रमुख जिल्ला अधिकारी र ताप्लेजुङमा  प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी सम्हालिसकेका निरौलाको क्वार्टरमै अश्लील हर्कत गरेको भिडियो  बाहिरिएपछि उनी विवादित बनेका छन्।

दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरेका छन्। छानबिन गरी प्रमाणित भए कारबाही गरिने उनले बताए।

प्रमाण नष्ट गर्दै

क्वार्टरमै अनैतिक गतिविधि गरेको सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन्। निरौलाले नगरपालिका परिसरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन्।

घटना बाहिरिएपछि छानबिन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेका हुन्। विगतमा रहेको हरियो रंग बदलेर उनले पहेँलो रंग लगाएका हुन्।

दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफूलाई धेरै बोल्न नलगाउन भन्दै पन्छिएका छन्। निरौला मेयर थापाका नातेदार पनि हुन्।

Recent Comments

No comments to show.