प्रेस युनियन ललितपुर शाखाको प्रमाणपत्र वितरण तथा पदस्थापन सम्पन्न

प्रेस युनियन ललितपुर शाखाको प्रमाणपत्र वितरण तथा पदस्थापन सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर  ।  नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा पदस्थापन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

गत असार २ गते बज्रबाराहीमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष केदारनाथ दहाल सहित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको निर्वाचन समितिका संयोजक सुरेश प्रसाद घिमिरेले जानकारी दिए। ललितपुर प्रेस युनियन उपाध्यक्ष रुप कृष्ण कर्मचार्यले युनियनले विगतका दिनहरूमा पनि धेरै कार्यहरू गर्दै आएको जानकारी गराउँदै स्थानीय , संघ , प्रदेश चुनावहरुमा युनियनले गरेका कार्यहरूको बारेमा अनुभवहरु सुनाए ।

नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष जानुका बरालले ललितपुर प्रेस युनियनमा आफुले लामो कार्यकाल सम्म सुख दु : ख गरि संस्थालाई अगाडि बढाएको अनुभवहरु सुनाउँदै युनियनले राम्रो गरेर पत्रकारहरु वृद्धि गर्न थप सहयोग पुगेको बताइन्। युनियनका केन्द्रीय प्रतिनिधि वैकुण्ठ राज पराजुलीले शाखाको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदैं संख्यात्मक हिसाबले कमी भएपनि ललितपुर शाखा अब्बल रहेको बताए। त्यस्तै उपत्यका तथा प्रतिष्ठान प्रदेशका महासचिव साहिला तामाङले प्रेस युनियनले गरेको विगतका कामहरूको सम्झना गर्दै नवनिर्वाचित कार्यसमितिले राम्रोसँग काम गर्नको लागि प्रोत्साहन गर्नुको साथै आफुले पनि सहयोग गर्ने प्रतिवद्धता गरे ।

नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले प्रेस युनियनले गरेका कामको प्रशंसा गर्दै युनियनको सहयोगका कारण स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा पार्टीले सफलता पाएको अनुभवहरु सुनाए । सभापति श्रेष्ठले युनियनले अझ सशक्त रुपमा काम गर्न सके पार्टी मजबुत हुने र आउने निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सोचेभन्दा बढी बिजय प्राप्त गर्न सकिने बताए। नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले ललितपुर प्रेस युनियनमा स्थानीय पत्रकारहरुलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

अध्यक्ष लम्सालले ललितपुर जिल्ला शाखा उपत्यका भित्रको शाखा भएरपनि छाँया परेको भएपनि अहिले यहाँका पत्रकार नेतृत्वमा आउँदा शाखालाई न्याय भएको बताए। उनले शाखाले रचनात्मक कार्य गर्दै नमुना शाखाको रुपमा चिनाउन सुझाव दिए। नव निर्वाचित अध्यक्ष केदार नाथ दाहालले आफुले गर्नुपर्ने जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्ने र प्रेस युनियन ललितपुरलाई सबै भन्दा अबल बनाउने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष दाहालले ललितपुर शाखाले भावी दिनहरुमा गर्ने कार्यक्रमहरुको जानकारी समेत दिएका थिए।

Recent Comments

No comments to show.