राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्रहालयको समेत अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले उक्त क्षेत्रको जानकारी गराएका थिए ।

Recent Comments

No comments to show.