सानिमा बैंकले ल्यायो सानिमा ‘फाइभ इन वान’ सेवा

सानिमा बैंकले ल्यायो सानिमा ‘फाइभ इन वान’ सेवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा ‘फाइभ इन वान’ सेवा सार्वजनिक गरेको छ । सानिमा ‘फाइभ इन वान’ सेवा सानिमा ‘थ्री इन वान’ खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो ।

यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको छ । सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउने बैंकले जनाएको छ ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिंग प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

Recent Comments

No comments to show.