बाग्लुङमा पहिराेले मुहान र पाइप बगायो, खानेपानीको समस्या

बाग्लुङमा पहिराेले मुहान र पाइप बगायो, खानेपानीको समस्या

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ । निरन्तर वर्षाका कारण खसेको पहिराेले खानेपानी मुहान र पाइप बगाउँदा बाग्लुङको गलकोट नगरपालिका–११ रिघाको सिंगाे गाउँमा पानीको समस्या भएको छ ।

रिगा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराेेले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिए ।

खानेपानीको समस्या समाधान गर्न विसं २०६८ मा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालिका–१० पाण्डपवखानीस्थित मूलबाट पानी ल्याइएको उनको भनाइ थियो ।

चार दिनदेखि धारामा पानी नआउँदा छ सय घरका तीन हजार बढी नागरिकले खानेपानीको समस्या भोग्नुपरेको छ ।

रिघा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर पुनले चार दिनदेखि पानी नआउँदा सरसफाइ र घरायसी काम गर्न समस्या भएको बताए ।

पहिराेले पाइप र मुहान बगाउँदा रिघा गाउँमा १२ वर्ष अगाडिको अवस्था आएको उनको भनाइ थियो । अहिले आकाशे पानीको भरमा स्थानीयवासीले गर्जो टार्ने गरेका छन् । प्रतिनिधिमूलक तस्बिर

Recent Comments

No comments to show.